


सुवाश नेपाली,असार,२६ डोटी :भागरथी एकेडेमीले गुरु पुर्णिमा विभिन्न कार्यक्रम गरि मनाएको छ।
प्राचीन गुरुकूल परम्पराबाट सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै भागरथी एकेडेमीले पनि मनाइएको मनाएको हो ।
गुरु पुर्णिामाको अवसर पारी एकेडेमीमा सांस्कृतिक कार्यक्रम ,बिधालयमा कार्यरत २६ जना शिक्षकलाई प्रोत्साहन स्वरुप दोसल्ला सहित सम्मान तथा पुरस्कार बितरण,विद्यार्थीहरुबाट एकदिने शिक्षक प्रतियोगितामा शिक्षण सिकाई क्रियाकलापका विधि अपनाई शिक्षण गर्ने १६ जना बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक हेमराज मलासीले बताए।
प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
गुरु पूर्णिमाका अवसरमा भागरथी एकेडेमीका बिद्यार्थी जरुले शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका थिए।

