Sujang

दोस्रो शिखर शिक्षक सम्मेलन सम्पन्न, उत्कृष्ट शिक्षक देखि विद्यार्थी पुरस्कृत

Ban

असार २२ गते ,डोटी : डोटीको शिखर नगरपालिकाको आयोजना गरिएको “दोस्रो शिखर शिक्षक सम्मेलन २०८२” सम्पन्न भएको छ । “ओजस्वी शिक्षक शिखरको गौरव , प्रविधि मैत्री शिक्षक शिखरको सौरभ ” भन्ने नाराका शनिबार शिखर नगरपालिका – ८ मा रहेको राधाकृष्ण मावि गोपघाटको प्राङ्गणमा एक भब्य कार्यक्रमका विच सम्पन्न भएको हो।

दोस्रो शिखर शिक्षक सम्मेलनमा शिक्षाका क्षेत्रमा कार्यरत उत्कृष्ट शिक्षक देखि विद्यार्थी तथा शिक्षाका क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मान गरिएको छ ।

सम्मेलनमा उत्कृष्ट प्रधानाध्यापक एवम् नगर शिक्षकका रूपमा  राधाकृष्ण माविका प्रधानाध्यापक रमेशचन्द्र ओझा तथा केदारेश्वर माविका शिक्षक चन्द्रदेव वडुलाई नगद  सहित पुरस्कृत गरिएको छ ।

ओझालाई ‘उत्कृष्ट प्रधानाध्यापक २०८१‘  तथा वडुलाई ‘उत्कृष्ट नगर शिक्षक २०८१‘ का रूपमा क्रमशः ५५ हजार र ५० हजार नगद सहित पुरस्कृत गरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह, शिखर नगर प्रमुख दीर्घ बहादुर बलायर, उप प्रमुख सुनिता रावल जोरा लगायतले  दोसल्ला, अबिर, माला र कदर पत्रका साथ सम्मान समेत गरे ।

शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले कामका आधारमा मूल्याङ्कन गरी यस वर्ष ओझा र वडुलाइ सम्मान गरिएको र आगामी वर्षबाट मापदण्ड बनाएर छनोट गरिने बताए ।

Krishi

नगर प्रमुख बलायरले भने शिक्षकहरूको प्रोत्साहनका लागि हरेक वर्ष उत्कृष्ट शिक्षक,विद्यालय एवम् विद्यार्थीहरुलाइ पुरस्कृत गरिने घोषणा गरेका छन् ।

सो कार्यक्रममा एसइई को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी , विद्यालयका प्रधानाध्यापक एवम् विषयगत शिक्षकहरूलाई समेत सम्मान एवम् पुरस्कार वितरण गरिएको छ ।

नगद २१ हजारबाट नगरभित्र एसइई मा उत्कृष्ट ३·९२ जिपिए ल्याउने राधाकृष्ण माविका नीराजन बलायर सहित ९ जना पुरस्कृत भएका छन् । केदारेश्वर माविका वैभव कार्की  (३·९२ जिपिए ) लाई १८ हजार, केदारेश्वर माविकै सविन टमट्टा (३·७८ जिपिए )लाई १५ हजार सिताराम मावि उच्चाकोटका सुरेश खड्का (३·७५ जिपिए ) लाई आठ हजार केदारेश्वर मावि कपल्लेकीका अनुप वडुलाइ (३·७१ जिपिए ) सात हजार सिद्धेश्वर मावि बानेडुंग्रीसैनका सहाना बलायर (३·७० जिपिए ) लाई छ हजार सिताराम मावि उच्चाकोटका सुवास साउँद (३·६९ जिपिए) लाई पाँच हजार केदारेश्वर माविका आयूश धामी (३·६२ जिपिए ) लाई चार हजार तथा राधाकृष्ण माविका नविन बलायर (३·६१ जिपिए ) लाई तीन हजार नगद सहित पुरस्कृत गरिएको छ ।

२०८१ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक एवम विषयगत शिक्षकहरुलाइ समेत खादा माला हालेर नगरपालिकाले सम्मान गरेको छ भने शिक्षा क्षेत्रमा योगदान पु¥याउने सुूदूरपश्चिम विश्व विद्यालयका उप कुलपती डा. हेमराज पन्त, पूर्व आरपी उद्धव मल्ल, पद्म पव्लिक मुक्तिनारायण नमुना विद्यालयका प्रधानाध्यापक केशवराज ओझा र जोरायल गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेज बहादुर खत्रीलाइ समेत कदर पत्र दोसल्ला र अबिर माला सहित सम्मान गरिएको थियो ।

सम्मेलनमा शैक्षिक भ्रमणको प्रतिबेदन केदारेश्वर माविका प्रअ गगन कार्कीले प्रस्तुत गरेका थिए । त्यस्तै परिक्षा अनुसन्धान पद्धतिको प्रतिबेदन शिक्षक गोकुल रोकायले प्रस्तुत गरेका थिए । उक्त सम्मेलनमा नगर भित्रका २,३ र ५ कक्षाकाे नगरले मुल्यांकन गरेको परिक्षाकाे नजिता शेर बलायर सार्वजनिक गरेका थिए ।

सम्मेलनमा शैक्षिक क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो ।
नगरपालिका अन्तरगतका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालबिकास शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनप्रतिनिधिहरु लगायतको सम्मेलनमा सहभागिताम रहेको हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.