Sujang

शैक्षिक सामाग्री वितरण गरेर मनाए जोशीले जन्मदिन

Ban

असार १९ डोटी: मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) कैलालीका अध्यक्ष भक्तराज जोशीले आफ्नो जन्मोत्सवमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेर जन्म मनाएका छन् ।

Krishi

फजुल खर्च कटाएर जन्मोत्सवको अवसरमा डोटीको दिपायल सिलगढी नगरपालिका-७ उडितोलामा रहेको अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री,खेलकुद सामग्री र विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले उनले आफ्नो जन्मोत्सवमा ३ सय थान अभ्यास पुस्तिका,१ सय ५० थान औजार बक्स, १ सय ६० थान डट पेन,एक सेट भलिबल नेट र एक थान ल्यापटप विद्यालयलाई हस्तान्तरण गरेको उनले बताए ।

सामाजिक क्षेत्रमा समेत काम गर्दै आएका जोशीले विगतका वर्षहरूमा पनि आफ्नो जन्मोत्सवमा विद्यालयहरूमा शैक्षिक, खेलकुद सामग्री, अक्षय कोष स्थापना, बस सेवा सञ्चालन र प्रहरी कार्यालयहरूमा पनि सहयोग गर्दै आइरहेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.