Sujang

चैतन्य पाठशालाद्वारा कक्षा ११ का लागि २५ जनालाई पूर्ण छात्रवृत्ति दिने घोषणा

Ban

असार १९ गते,धनगढी :चैतन्य पाठशाला धनगढीले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा २५ जना छात्र छात्रालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गरेको छ । जसकालागि यही असार पच्चिस गते प्रवेश परीक्षा मिति तय गरेको छ । चैतन्य पाठशालाले साठी लाख रकम वार्षिक रूपमा छात्रवृत्तिका लागि घोषणा गरिसकेको छ ।
शिक्षामा गुणस्तर र पहुँचमा सन्तुलन आवश्यक रहेको हुँदा आर्थिक अवस्थाले सीमित बनाइएका तर प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर दिनु चैतन्यको सामाजिक उत्तरदायित्व रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले बताए ।
चैतन्य पाठशालाले कक्षा ११ को भर्ना प्रक्रिया अन्तर्गत पूर्ण छात्रवृत्तिका लागि प्रवेश परीक्षा असार २५ गते धनगढी उप महानगरपालिका ५ सिवनगरमा अवस्थित विद्यालयमा सञ्चालन गर्ने बताएको छ ।
चैतन्य पाठशाला सामाजिक उत्तरदायित्व बोकेको शैक्षिक संस्था रहेको र यसले हरेक शैक्षिक सत्रमा यस्ता छात्रवृत्ति प्रदान गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष जोशीले बताए ।

Krishi

‘हामी धनगढीमा फरक प्याकेज सहित विद्यार्थीलाई जीवनका हरेक मोडमा सक्षम बनाउने शिक्षाको अभ्यास गर्छौ।’ अध्यक्ष जोशीले भने,- ‘यस पटक देखि सुरु गरेको ११ को भर्नाले तीन वर्षमा पूर्ण रूपमा नतिजा आउनेछ ।’
चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले विगतका वर्षहरूमा पनि छात्रवृत्तिका माध्यमबाट थुप्रै विद्यार्थीहरूलाई उच्च शिक्षाको ढोका खोलिदिएको बताउँदै उनले भने, – ‘यो छात्रवृत्ति कार्यक्रम अझ प्रभावकारी बनाउँदै लगेका छौँ । यस्तो छात्रवृत्तिले विद्यार्थीको मनोबलमा समेत सकारात्मक प्रभाव परेको छ ।’

चैतन्य पाठशालाले विगतदेखि नै शिक्षा र संस्कारलाई सन्तुलन गर्दै आएको छ। विद्यालयमा अनुभवी शिक्षक, आधुनिक प्रविधिसहितको पठन–पाठन प्रक्रिया, विषयगत प्रयोगशाला कक्षा, पुस्तकालय, मनो परामर्श कक्षा, र विद्यार्थीका लागि बहु आयामिक व्यक्तित्व विकासका कार्यक्रमहरूको सञ्चालन हुँदै आएका छन्। साथै विभिन्न शैक्षिक जागरणका कार्यक्रम समेत पाठशालाले गर्दै आएको छ ।
चैतन्य पाठशाला धनगढीले यो शैक्षिक सत्र २०८२ देखि साइन्स र म्यानेजमेन्टको पठन पाठन सुरु गर्ने गरी भर्ना अभियान सुरु गरेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.