Sujang

डोटीमा छ जना किसान सम्मानित

Ban

असार १६, डोटी: डोटीमा २२ औं धान दिवसको दिन छ जना किसान सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र डोटीले आइतबार जिल्लाका छ जनालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट जिल्लाका तीन जनालाई सम्मान गर्ने व्यवस्था भए पनि यस वर्ष छ जनालाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

Krishi

उहाँका अनुसार तीन जना किसानलाई नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्र सहित र तीन जनालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

नगदसहित सम्मान हुनेहरूमा दिपायल सिलगढी नगरपालिका–९ का काँसी साउँद, आदर्श गाउँपालिका–१ का मुकुन्द अवस्थी र जोरायल गाउँपालिका–१ गैराका सूर्य प्रकाश भट्ट रहनु भएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–३ बाँफीकी नेहा माझी, दिपायल सिलगढी नगरपालिका–७ का जगतबहादुर विष्ट र दिपायल सिलगढी नगरपालिका–५ का जय बहादुर शाही दोसल्ला र प्रमाणपत्र सहित सम्मानित हुनुभएको छ ।

भीमदत्त उत्कृष्ट कृषक पुरस्कार सम्बन्धी प्रकाशित सूचना अनुसार कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रमा आवेदन पेस भएका किसानहरूलाई छनोट गरी सम्मान गरिएको भेटेरिनरी अस्पतालका प्रमुख चन्द्रकान्त पन्तले बताउनु त्कृष्ट किसान छनोटको लागि आवेदन परेका किसानहरूको घरमै गएर अवलोकन गरेर छनोट गरिएको उनले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.