Sujang

बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोडको बजेट 

Ban

असार १० डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३का लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको छ ।  बोगटान फुड्सिल गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बिष्ना देउवा बमले बजेट प्रस्तुत गर्नु भएको हो ।

कृर्षि पशुपालन पर्यटन लगायतका क्षेत्रमा लगानी गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, रोजगारीका विभिन्न अवसर सृजना गर्न सिप विकासमा जोड दिने उद्देश्य लिइएको छ ।

Krishi

आर्थिक वर्ष २०८२÷०८३ वर्षका  लागी  आन्तरिक आय ४३ लाख ७१ हजार अनुमान गरिएको छ ।  आगामी वर्षका लागी सङ्घीय सरकार समानिकरण अनुदान ९ करोड ३० लाख,  सङ्घीय राजश्व वाँडफाड १० करोड ५७ लाख , सङ्घीय सरकार शर्शत अनुदान २१ करोड तिस लाख, सङ्घीय सरकार समपूरक अनुदान ८८ लाख, प्रदेश सरकार समानिकरण अनुदान ७६ लाख ७१ हजार अनुमान गरिएको बजेट उपाध्यक्ष बिष्ना देउवा बमले प्रस्तुत गर्नु भएको छ ।

प्रस्तुत बजेट तथा योजना माथि अर्को गाउँभाको बैठकमा छलफल गर्ने गरी बैठक समापन गरिएको छ । अर्को गाउँ सभा बैठक असार १३ गते बिहान ११ बजेका लागी गाउँभाका बैठक गाउँभाका अध्यक्ष कमलबहादुर गडसिलाले आव्हान गर्नु भएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.