Sujang

बडीकेदारमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Ban

एकेन्द्र चन्द,असार ७ गते,डोटी : बिद्यार्थीहरुमा आत्मनिर्भरता परिश्रम र जिम्मेवारीबोधको भावना जागृत गर्ने उद्देश्यले डोटीको बडिकेदार गाउँपालिकामा श्रमको सम्मान,राष्ट्रको अभियान भन्ने मुल नाराका साथ  श्रमको सम्मान समृद्ध राष्ट्रको आधार भन्ने बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

न्यूनतम रोजगार नागरिकको अधिकार प्रधानमन्त्री रोजगार कार्यक्रम ,रोजगार सेवा केन्द्र बडिकेदार गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय माध्यमिक तहका छात्र छात्रा सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

Krishi

श्रम  जसले संसार हाँक्छ  जसले अन्धकारलाई उज्यालो बनाउँछ जसले सपना देख्न मात्र होइन, ती सपना साकार गर्न पनि सिकाउँछ त्यसको सम्मान हुन नसकेको र श्रमिकको संख्या समेत घटिरहेको छ यस्तो अबस्थामा विद्यालय तहका विद्यार्थीलाई  श्रम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको बडिकेदार गाउँपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक चक्र बहदुर कलेलले बताउनु भयो ।

वक्तृत्वकला प्रतियोगितामा बडिकेदार गाउँपालिकाका ८ वटा  माध्यामिक विद्यालय का छात्र र छात्राको  सहभागीता रहेको रोजगार सहायक दिर्घराज ओझाले बताउनु भयो । उहाँले वक्तृत्वकला प्रतियोगिताले समाजमा रहेको श्रमप्रतिको नकारात्मक धारणाहरु हटाउदै सकारात्मक सोच र व्यवहारको बिकास गर्ने बताउनु भयो

बकतृत्वकला प्रतियोगितामा छात्र तर्फ बिष्णु माध्यामिक विद्यालय बडिकेदार -४ बरलगाउका भरत धामी प्रथम हुँदा बर्छैन माध्यमिक विद्यालय बर्छैन का पुरन धामी द्धितिय भएका छ्न भने शिबजी माध्यमिक विद्यालय भुज्यालीका विश्वजित चन्द तृतीय स्थान हासिल गरेका छन्। सान्त्वना पुरस्कार भने केदारेश्वर माध्यमिक विद्यालय रन्तोलाका खगेन्द्र परियारले हात पारे ।
त्यस्तै प्रतियोगिताको छात्रा तर्फ बर्छेन माध्यमिक विद्यालय बर्छैनकि सिर्जना सार्किले हात पारेकी छ्न भने । बिष्णु माध्यामिक विद्यालय बडिकेदार -४ बरलगाउकि सीतापनाडीले  द्धितिय स्थाल हासिल गर्दा दुर्गा माध्यमिक विद्यालय देवलीकि निर्मला देउबाले तृतीय स्थान हासिल गरेकी छन् । सान्त्वना पुरस्कार भने शिबजी माध्यमिक विद्यालय भुज्यालीकि सरस्वती रोका मगरले हात पारेकी छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.