Sujang

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Ban

असार ६ ,डोटी : डोटीको आदर्श गाउँपालिका–१ कटखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

Krishi

शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज नजिक दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आदर्श प्रहरी चौकी मौवाका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार मौवा देखि मेल्लेक तर्फ गईरहेकोे जिप दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका उनले बताए ।
मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको उनले बताए ।

जिप सडकबाट दुई सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.