Sujang

कैलालीमा थारु समुदायको ४२ प्रतिशत उम्मेदवारी

Ban

असोज, २८ गते –कैलाली कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु सामुदायबाट ४२दशमलव८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ ।

जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु सामुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले एक सय २६ जनाको उम्मेदवारी रहेको जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले उम्मेदवारी फिर्ता गरिएपछि एक सय २६ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेशसभामा ७८ जना उम्मेदवार छन् भने पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा थारु सामुदायवाट तीन जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेश चौधरी र नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैगरी क्षेत्र नं ३ पनि नेकपा माओवादी केन्द्र ९गठबन्धन० बाट कुमार चौधरी, नागरिक मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र नेकपा ९एमाले० बाट गौरीशङ्कर चौधरी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन क्षेत्र नं ४ मा नागरिक उन्मुक्ति पार्टीबाट कइया चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नंं ५ मा थारु समुदायका दुई जना उम्मेदवार छन् । यहाँ एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट जगदीश चौधरीसहित बाह्र ९१२० जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेशसभाका लागि कैलाली क्षेत्र नं।१ को प्रदेशसभा ९क० मा पाँच, प्रदेशसभा ९ख० मा चार जना थारु समुदायका प्रतिस्पर्धी छन् भने निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ९क० मा एक प्रदेशसभा ९ख० मा दुई जना उम्मेदवार थारु समुदायबाट छन् । त्यसैगरी कैलालीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ९क० मा तीन र प्रदेशसभा ९ख० मा पनि तीन गरी छ जना थारु समुदायका उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

निर्वाचन क्षेत्र नं। ४ प्रदेशसभा ९क० मा एक र निर्वाचन क्षेत्र नं ५ बाट प्रदेशसभा ९क० मा दुई र प्रदेश ९ख० मा एक जना थारु समुदायका प्रदेशसभा सदस्य उम्मेदवार छन् । कैलालीको पाँच क्षेत्रबाट विभिन्न दल तथा पार्टी र स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि ४८ जना उम्मेदवार छन् ।-रासस

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.