Sujang

बोगटान फुड्सिल गाउँपालिका पुर्ण खोप सुुनिश्चितता तथा दिगोपना घोषणा

Ban

जेठ २३ गते डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका जिल्लाको तेस्रो पुर्ण खोप सुुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
यस बर्ष पनि ५९ महिना मुनीका गाउँपालिकामा सेवा क्षेत्र भित्रका सम्पुर्ण बालबकालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई शुक्रबार पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

Krishi

जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बोगटान फुड्सिल गाउँपालिका खोप समन्वय समिति डोटीका अध्यक्ष कमलबहादुर गडसिलालाई खोप सुनिश्चितता तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाइ घोषणा गरिएको हो ।

सरकारले खोप कार्यक्रमलाई राज्यको प्रमुख प्राथमिकतामा राखेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । उनले भने ‘जसरी सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको यलाइ सफल बनाउन स्वास्थ्यकर्मीले खेल्नु भएको भूमिका प्रति म धन्यवाद ब्यक्त गर्दछु ।’
बोगटान गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम निमार्ण गर्दै आएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

खोप कार्यक्रमलाई प्रभाबकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य क्षेत्रका ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अबसरमा सात स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख, स्वाथ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिका तथा कार्यालय सहयोगीहरुलाई सम्मान गरिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.