Sujang

डोटीमा ४ जना प्रजातन्त्र सेनानी सम्मानित

Ban

जेठ १६ गते ,डाेटी : प्रजातन्त्र सेनानी संघ डाेटीले बिहीवार चार जनालाई सम्मानित गरेकाे छ ।

सम्मानित हुनेमा  के. आई.सिंह सलेनाका सकराम खड्का, पुर्विचाैकी गाउपालिकाका पुर्ण व. खडका , के.आई.सिंह वायलका धर्म सिं खडका, सायलका जंग बहादुर गिरी रहेका छन ।

Krishi

२००७ सालदेखि ०४६ सालसम्म भएका विभिन्न राजनैतिक आन्दाेलनमा सक्रियपुर्वक सहभागी भई हाल ७५ बर्ष उमेर नाघेका सेनानीहरूलाई संघले सम्मान गरेकाे हाे । डाेटीमा हालसम्म १ सय २८ जना सेनानी संघमा आवद्व रहेकाे अध्यक्ष दीपक बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहीले हरेक बर्ष ७५ बर्षकाे उमेर नाघेका सेनानीहरूलाई सम्मान गरिने बताए ।

प्रजातन्त्र सेनानी संघ नेपाली कांग्रेसकाे भातृ संस्था हाे ।

प्रजातन्त्र सेनानी  संघडाे टीका अध्यक्ष दीपक शाहीकाे अध्यक्षतामा बिहिवार सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस डाेटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंह रहेका थिए भने विशिष्ट अतिथी संविधान सभा सदस्य भरत बहादुर खड्का, प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य तीर्थराज जाेशी रहेका थिए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.