Sujang

बडीकेदार गाउँपालिकाद्वारा विद्यार्थीहरूलाई लागु पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतीकरण

Ban
Krishi

गणेश बहादुर मौनी,जेठ १५ डोटी :डोटीको बडीकेदार गाउँपालिकाले लागु पदार्थ दुर्व्यसनी सम्बन्धी विद्यार्थी हरूलाई सचेतीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बडीकेदार गाउँपालिका महिला तथा बालबालिका शाखाले पालिका अन्तरगत रहेका मावि विद्यालयका बिद्यार्थिहरुलाई लागु पदार्थ दुर्व्यसनी ,सामाजिक कुरुती, छाउपडी प्रथा, बालविवाह, बहुविवाह,लैङ्गिक हिंसा लगायतका विविध विषय बस्तुको बारेमा सचेतीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ ।
लागु पदार्थ दुर्व्यसनीको बारेमा आम नागरिकलाई जानकारी हुन आवश्यक रहेको प्रहरी चौकी खड्यौलीका इन्चार्ज विक्रम डगौराले बताए । वडा स्तरीय कार्यक्रममा सहभागी हुँदै प्रहरी चौकी इन्चार्ज चौधरीले गाउँघरमा लागु पदार्थ दुर्व्यसनीको प्रयोग र ओसार पसार संलग्न भए प्रहरीलाई खबर गर्न आग्रह समेत गरेका छन् ।
विद्यार्थी हरूले लागु पदार्थ दुर्व्यसनीको बारेमा जानकारी प्राप्त गरी सिकेका कुराहरू दैनिक जीवनमा आफू व्यवहारमा लागु गर्न र अरूलाई जानकारी गराउन महत्त्वपूर्ण जिम्मेवारी रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।
लागु पदार्थ दुर्व्यसनी दिनानुदिन दिन बढिरहेको अवस्थामा आम नागरिक, विद्यार्थी सबैलाई यस विषय बस्तुको बारेमा जानकारी दिन आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन लागु पदार्थ दुर्व्यसनी , सामाजिक कुरुती लगायतका विभिन्न विषय बस्तुको बारेमा बिद्यार्थिहरुलाई जानकारी गराई सचेतना फैलाउन गाउँ गाउँमा सचेतनामूलक अभियान सञ्चालन गरिएको समेत बताइन् । आगामी दिनमा सचेतनामूलक कार्यक्रमलाई पालिकाले निरन्तरता दिने समेत बताइन् । सबै वडा स्तरमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा उपाध्यक्ष विष्ट कलेल आफै पुगेर लागूपदार्थ दुर्व्यसनी लगायतका विभिन्न विषय बस्तुको बारेमा जानकारी समेत गराएकी थिइन् ।

उपाध्यक्ष विष्ट कलेलले आम नागरिकले लागु पदार्थ दुर्व्यसनी, बालविवाह, छाउपडी प्रथा लगायतका समग्र विषय बस्तुको बारेमा जानकारी लिई व्यवहारिक जीवनमा लागु गर्न आवश्यक रहको समेत बताइन् ।
कार्यक्रम पालिका अन्तरगत सबै वडाहरूमा रहेका मावि विद्यालयका विद्यार्थी हरूको सहभागिता हुने गरी कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी गरिमा क्षेत्रीले बताइन । फरक फरक दिन र स्थानमा वडा स्तरमा आयोजना गरिएको सचेतीकरण कार्यक्रममा तिन सय भन्दा बढी विद्यार्थी हरूको सहभागिता रहेको समेत पालिकाले जनाएको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि,प्रहरी, पालिकाका कर्मचारी, पत्रकार लगायतले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.