Sujang

प्रेस युनियनको ३४ औं स्थापना दिवस: डोटी शाखाद्वारा फलफूल वितरण र स्वास्थ्य परीक्षण

Ban

जेठ १३ गते ,डोटी : नेपाल प्रेस युनियन डोटी शाखाले ३४ औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

मङ्गलवार लोकतान्त्रिक विचारवादी पत्रकारहरूको साझा सङ्गठन नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसका अवसरमा बिरामीहरूलाई फलफूल वितरण र पत्रकारहरूको स्वास्थ्य परीक्षण गरेर मनाएको हो ।

दिवसका अवसरमा सुजङ अस्पताल राजपुर र सेती महाकाली अस्पताल दिपायलमा रहेका बिरामीहरूलाई फलफूल वितरण तथा आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलमा पत्रकाहरुको स्वास्थ्य परीक्षण गरिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष चक्र बहादुर कुँवरले बताए ।

Krishi

युनियनको केन्द्रीय सर्कुलर अनुसार जेठ १२ गतेदेखि १९ गते सम्म सप्ताह व्यापी रूपमा दिवस मनाउने निर्णय भए बमोजिम आज फलफूल वितरण ,पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष कुँवरले बताए । दिवसका अवसरमा आज साँझ प्रेस युनियन डोटी शाखाको कार्यालयमा दीप प्रज्वलन गरिने उनले बताए ।

त्यस्तै जेठ १५ गते सिलगढीमा ‘लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी’ समेत रहेको अध्यक्ष कुँवरले बताए ।

फलफूल वितरण कार्यक्रममा नेपाली कांगे्रस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम, सुजङ अस्पताल राजपुरका पशासन प्रमुख अर्जुन वालायर,सुजङ स्कुलका निर्देशक नरेश बलायर, महासंघका निवर्तमान अध्यक्ष मोहन शाही, प्रेस युनियन लगायत विभिन्न सङ्ग सङ्गठनमा आबद्ध पत्रकार, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

“नेपाल प्रेस युनियनको अभियान ,भौतिक र पेसागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान” भन्ने मुलनाराका साथ देश व्यापी रूपमा दिवस मनाईन लागेको छ ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेसागत प्रत्याभूति र एकताबद्ध तथा सङ्गठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो ।
श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.