Sujang

१४ वर्षे बालिका बलात्कार आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ

Ban
Krishi

जेठ १२, डोटी: डोटीमा एक १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार गएको फाल्गुन १४ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ८ नारिदाङ स्थित शिवरात्री मेलामा सोही वडाको सनडा गाउँ बस्ने अन्दाजी ६१ वर्षीय च्यामे भनेर चिनिने गंगाराम कोलीले बालिका बलात्कार गरेको आरोप छ ।
घटना बारे बालिकाकि आमाले आइतबार जेठ ११ गते मात्रै लिखित जाहेरी दिएको थियो ।
त्यसपछि गंगाराम कोलीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुग्दा भागेर फरार भएपछि खोजतलास गर्दै जाँदा आज सोमबार बिहान साढे ११ बजेतिर कञ्चनपुरको गड्डाचौकीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । कोलीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याउन पहल भईरहेको प्रहरीले जनाएको छ ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.