Sujang

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै शिखर नगरपालिमा कर्मचारीहरुद्धारा तालावन्दि

Ban

बैशाख २६ गते ,डोटी:डोटीको शिखर नगरपालिकाका कर्मचारीहरूले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्न माग गर्दै पालिकामा तालावन्दि गरेका छन् ।
शुक्रवार स्थानियतह कर्मचारी संघर्ष समितिले ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने माग गर्दै नगरपालिकामा तालावन्दि गरेका हुन् ।

६ वटा प्रदेशमा स्थानीय कानुन निर्माण भई कार्यान्वयनमा आई सक्दा पनि सुदूरपश्चिम प्रदेशको हकमा विधान तथा प्रदेश मामिला समितिबाट दफावार छलफल भई प्रतिवेदन पास भएर प्रदेश सभामा पेस भई सक्दा पनि ऐन जारी हुन नसक्दा कर्मचारीको मनोबल कमी आएकाले तालावन्दि वाध्यभएको स्थानीय सेवा कर्मचारी संघर्ष समिति शिखरका संयोजक शेरबहादुर कार्कीले बताए ।

स्थानीय सेवा ऐन तत्काल जारी नगरे सम्म आन्दोलन कार्य जारी रहने उनले बताए ।

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरू वैशाख २१ गतेबाट चरणबद्ध आन्दोलनमा छन् ।

स्थानियतह कर्मचारी संघर्ष समितिले तालावन्दि पश्चात् सेवा प्रवाह प्रभावित भएको भन्दै शिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश मल्लले सूचना जारी गरेका छन् ।

अति आवश्यक सेवा वाहेका अन्य सेवा दिन नसकिने सूचनामा उल्लेख गरिएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.