

एकेन्द्र चन्द,बैशाख २३ गते,डोटी : डोटीमा प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर १ रिसेडी स्थित वडा कार्यालय नजिकै वडा कार्यालयको आर्थिक सहयोगमा हेलिप्याट निर्माण गरिएको छ ।
हेलिप्याडको रङ्गरोगन लगायतका केही काम बाकी रहेको र आर्थिक बर्षमा बजेट छुट्याएर बाकी काम गर्ने बडिकेदार गाउँपालिका वडा नम्बर -१ का वडा अध्यक्ष डबल बोहराले बताउनु भयो ।
उहाँले बर्खाको समयमा यातायातका साधनहरु संचालनमा समस्या हुँदै आएको छ। यातायात संचालन नहुदा सुत्केरी महिला, अशक्त बिरामी,लाई अस्पताल सम्म पुर्याउन समस्या हुँदै आएको र हेलिप्याट निर्माण पछि सुत्केरी महिला, गम्भीर खालका बिरामी लाई उद्धार गर्न सहज हुने वडा अध्यक्ष बोहराले बताउनु भयो ।
निर्माण भएको हेलिप्याडले प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज हुने स्थानीयले विश्वास गरेका छन ।
