Sujang

डोटीमा क्षमता भन्दा बढी यात्रु बोक्ने जिप चालक प्रहरी नियन्त्रणमा

Ban

बैशाख २२ गते ,डोटी :डोटीमा क्षमता भन्दा बढी यात्रु बोक्ने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार फरार रहेका जिल्लाको जोरायल गाउँपालिका -४ बाजि लेक निवासी २५ वर्षका चालक खगेन्द्र थापालाई खोजी कार्य गरेपछि सोमबार बिहान के आई सिंह -४ गरडि गाउँबाट नियन्त्रणमा लिएको हो ।

शनिवार बिहान के आई सिंह गाउँपालिका -५ तुसारा खोलाबाट राजपुर आईरहेकोे सुपप्र ०१-००२ च २७१४
नम्बरको बोलेरो जिपले क्षमता भन्दा बढी यात्रु बोकेको देखे पछि सम्झाउने प्रयास गरिएको जनाएको छ। तर चालक फरार भएपछि प्रहरी निगरानी गरेको थियो ।

अहिले उनलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि प्रहरी चौकी वायलमा राखिएको जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्ने,ट्राफिक नियम उल्लङ्घन गर्ने , भाडा दर भन्दा बढी भाडा लिने लगायतका कार्य गरेको भेटिएमा कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.