

वैशाख २० गते : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ डोटी शाखाले स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान कार्यक्रम गरेको छ ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ
शनिवार विश्व प्रेस स्वतन्त्रता दिवसमा जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परीक्षण, आँखा जाँच जिल्ला अस्पतालमा सिलगढीमा गरीएको हो ।
स्वास्थ्य परीक्षमा उक्त रक्त चाप , मधुमेह, मृगौला , पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतको परीक्षण गरीएको जिल्ला अस्पताल डोटीका मेसु सुजित मण्डलले वताए ।
त्यस्तै स्वास्थ्य परिक्षण संगै पत्रकारहरुको आँखा जाच पनि गरीएको छ । नियमित रूपमा आँखाको जाँच गराउँदा आँखाको अवस्थाका साथसाथै अन्य कुरामा फाइदा पुग्ने नेपाल नेत्र ज्योती संघ आखा उपचार केन्द्र शिखर उप शाखा प्रमुख सुजल चौधरी वताईन् ।
जिल्लामा रगत अभाव भईरहेको वेला पत्रकार महासंघ डोटीले गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइृटी रक्त सञ्चार सेवाका ईन्र्चाज हरीष खड्काले वताए ।
दिवसरका अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले विश्व प्रेस स्वतन्त्रता दिवसरमा सम्पुर्ण पत्रकार,सञ्चारकर्मि लगायत पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा शुभकामना व्यक्त गरे ।
प्रेस तथा अभिव्यक्तिका लागि विभिन्न समयमा भएका सङ्घर्षमा योगदान गर्नुहुने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट उनले गरे ।
राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्न अध्यक्ष बमले विश्वास व्यक्त गरे
अहिले पनि दण्डहिनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै विस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग अध्यक्ष बमले माग गरे ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेका भएपनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्नु परिरहेको घटना दिन प्रतिदिन वढी रहेको कुरा प्रति उनले चिन्ता व्यक्त गरे ।
महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सफल वनाउन सहयोग गर्ने सम्पुर्ण धन्यवाद व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा तथा स्वास्थ्य कार्यालय ,जिल्ला अस्पताल, नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा डोटीको सहकार्यमा स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान कार्यक्रमको गरीएको हो ।
