Sujang

जलवायु न्याय विषयक दुई दिने तालीम सम्पन्न

Ban

बैशाख १९ गते:दुई दिने जलवायु न्याय विषयक क्षमता विकास तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।

क्लिन अप नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय दुई दिने तालीम विहिवार सम्पन्न भएको हो ।

तालीममा लुम्बिनी प्रदेश अन्तर्गतका बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची लगायत विभिन्न जिल्लाका २० जना युवाहरूको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवस अर्थात् ५ जुन २०२४ मा स्थापना भएको सञ्जालले विभिन्न संस्थामा आबद्ध व्यक्तिहरूलाई नेटवर्क बनाई जलवायु परिवर्तन सम्बन्धी बृहत् शिक्षा तथा क्षमता विकास सम्बन्धी तालीमका सहभागीलाई प्रशिक्षण दिएको परियोजना संयोजक कैलाश विक्रम शाहीले बताए ।

लुम्बिनी प्रदेश स्तरीय जलवायु न्याय र कार्य सञ्जाल संयोजक नमस्कार शाहको संयोजकत्वमा तथा संस्थाका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका कार्यकारी निर्देशक लामिछानेले जलवायु परिवर्तन हुनुमा प्लास्टिकजन्य फोहोर, विभिन्न खाद्य तथा तरकारी जन्य वस्तुहरूबाट उत्पन्न हुने फोहोर उचित व्यवस्थापन नहुनाले वातावरण प्रदूषण भई जलवायुमा परिवर्तन आउने बताउँदै यसको लागि केन्द्र, प्रदेश, पालिका सँग समन्वय गरी सञ्जाल निर्माण गरेमा न्यूनीकरणमा टेवा पुग्ने बताए ।

सञ्जालले कार्यक्रम सफल बनाउनको लागी आगामी योजना तथा रणनीति समेत बनाएको कार्यक्रम परियोजना संयोजक शाहीले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.