असोज ,२५ गते ,अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलायरले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार अत्तरियामा बसेको गठबन्धन दलको बैठकमा बोल्दै पुर्ब मन्त्री समेत रहेका उनले राष्ट्रको आवश्यकता गठबन्धन रहेको बताएका हुन् ।
कैलाली -४ मा गठबन्धन दलका साझा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका उनले भने,´ संविधान बचाउन, मुलुकको राज्य प्रणाली र शासन प्रणाली जोगाउनका लागी गठबन्धन आवश्यक रहेको छ ।`
उनले थपे ,´गिरिजा बाबुले १२ बुँदे शान्ति सम्झौता नगरेको भए आज हामी कहाँ र कुन ठाँउमा हुन्थ्यो ? देश कुन मोडमा हुन्थ्यो होला स्मरण गर्नुहोस् । अहिले पनि हामी गम्भीर मोडमा छौं । देश जोगाउन गठबन्धनको बिकल्प छैन ।`
गरिब मानिसको आर्थिक उन्नती, समृद्धि र उसको जिवनस्तर उठाउने कार्यमा साझा मुद्दा बनाएर आफु अग्रसर हुने बताए । `गठवन्धन दलको साझा उम्मेदवार भएकाले भोलिका दिन गठबन्धन दलका नेताकार्यकर्ताको मनोभावना अनुरुप अगाडी वढ्ने छु ।`
उनले आफुलाई टुरिष्ट भन्ने मानिसले हल्ला फिजाँएको बताए । ‘मलाई टुरिष्टको बिल्ला भिडाउदैछन् । हो म आएहुँला डोटीबाट । गठबन्धनको सिलसिलामा आए’ उनले भने ‘तर हिजोका दिनमा त यही माटोबाट जेल गएको छु नी । यही माटोमा संगठन बनाएको छु नी । जिल्लाका नेता भन्ने प्रदेशका नेता भन्ने अनि चुनाव लड्दा टुरिष्ट कसरी हुन्छ ’
उनले निर्वाचनमा गठबन्धन दल एक ठाउँमा उभिदा कुनै ताकतले यो गठबन्धनलाई हराउन नसक्ने बताए ।
गठबन्धन दलका उम्मेदवारलाई जिताउन सबैमा उनले अनुरोध गरे।
बैठकमा प्रदेश सभातर्फ क्षेत्र नम्बर ४ “क” का उम्मेदवार दीर्घ सोडारि , क्षेत्र “ख” का उम्मेदवार प्रकाश बहादुर बम लगायत नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरि पाँच दलिय गठबन्धनका नेताकार्यकर्ताको उपस्थिति रहेकोे थियो ।