Sujang

‎डोटीमा बजार अनुगमनबाट ५६ हजार बराबरको अखाद्य सामाग्री नष्ट ‎

Ban

बैशाख १५ गते ,सिलगढी: डोटीमा बजार अनुगमनबाट ५६हजार ५ सय ३० रुपैयाँ बराबरको अखाद्य सामाग्री बरामत गरी नष्ट गरिएको छ।

Krishi

‎आईतवार जिल्ला प्रशासन कार्यालय डोटी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय करदाता सेवा कार्यालय र स्थानिय प्रशासनले जिल्लाको बोकटान फुडसिल गाउँपालिकाको वडा नं १र ७को स्थानिय बजार तथा केआई सिंह गाउँपालिका वडा नं १लेकगडामा गरिएको संयुक्त बजार अनुगमबाट उक्त मुल्य बराबरको समान बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर सापकोटाले जानकारी दिए।

‎बजार अनुगमनबाट खाद्य पर्दाथ सुजी, मसालाहरू, कोक, अवैध मदिरा लगायतका सामानहरु बरामद गरी नष्ट गरिएको छ।

‎संयुक्त रूपमा गरिएको अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम,मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको जनाइएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.