

वैशाख १२ गते डोटी : डोटीमा ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । शुक्रवार जिल्लाको दिपायल सिलगढी नगरपालिका- ९ कलेनामा ग्यास पड्किएर आगलागी हुँदा एक घर पूर्ण नष्ट भएको हो ।
साँझ साढे सात बजेतिर पारू साउँदको एक तले किराना पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पसल भित्र रहेका खाद्यान्न ,लत्ताकपडा ,भाडाब्रतन,खुद्रा पूर्ण रूपमा नष्ट हुनुका साथै नगर चालीस हजार समेत जलेको जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रण लिएका छन् ।
