Sujang

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

Ban

बैशाख १०, डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।
बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ गोल्डेनमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङ बुङ्गल नगरपालिका २ दहबगर बस्ने अं. ३२/३३ वर्षको अर्जुन धामी र अन्य दुई जनाको नाम थर पहिचान हुन नसकेको बताए ।

मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.