Sujang

नेविसंघको ५६ औँ स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

Ban

वैशाख ६ गते,डोटी :नेपाल विद्यार्थी संघ डोटीले ५६औँ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ ।

‎शनिवार स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेको नेपाल विद्यार्थी संघ डोटीका कार्यवाहक अध्यक्ष योगेन्द्र रावतले बताएका हुन् ।

Krishi

फलफूल वितरण कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले स्थापना दिवसको शुभकामना दिँदै पाँच दसकभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ आफैँमा एउटा इतिहास वोकेको सङ्गठन भएको बताए ।
जति बेला जनताका वाक् स्वतन्त्रता खोसिएको थियो र शान्तिपूर्ण आन्दोलन गर्न र सङ्गठित हुन प्रतिबन्ध लगाइएको बेला नेविसंघको स्थापना भएको कुरा स्मरण गरे ।

तत्कालीन काँग्रेस सभापति बिपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा वैचारिक हिसाबले बहस र पैरवी गरी लोकतन्त्रको वास्तविक व्याख्या गर्ने र त्यसलाई सबै जनताका दिमागमा घुसाउने उद्देश्यले यो सङ्गठनको स्थापना गरिएको उनले बताए । नेविसंघको मूल मर्म अनुसार कार्य अगाडी बढाएका यसमा आबद्ध भएकाहरूको भविस्य सुनिश्चित रहेको उनले बताए ।

फलफूल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख सिंह ,दिपायल सिलगढी नगरपालिका नगर उपप्रमुख कलावती महर साउँद,नेपाल विद्यार्थीसंघका केन्द्रीय सदस्य प्रकाश ठकुल्ला, नेपाली काँग्रेसका नेता कार्यकर्ता,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.