

रामदास राना ,चैत २० गते, डोटी : दिपायलको एरपाेर्ट बजारबाट अयोग्य तथा म्याद गुज्रेको ५२ हजार भन्दा बढीको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालयको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले संयुक्त रूपमा गरेको बजार अनुगमनका क्रममा भेटिएको करिब रु. ५२ हजार ७ सय ७६ रुपैयाँको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।
अनुगमनका क्रममा दिपायल एयर पोर्ट बजारस्थित विभिन्न पसलबाट म्याद गुज्रेको मैदा, मसला,जुस, धनियाँ , खाने तेल, तिल , सस जुस,चौमनि, मिक्स मसला, भुजा,फुरनदाना, मसलालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार गणेश प्रसाद जोशीले जानकारी दिए ।
उहाँका अनुसार दिपायल एरपाेर्ट लगायत बजारस्थित विभिन्न होटेल तथा किराना पसलमा अनुगमन गर्दा म्याद गुज्रेको खाद्य तथा पेय पदार्थसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न र दर्ता नभएका पसल, व्यवसायी दर्ता गराउन पहिलो पटक चेतावनी दिएको उनले जानकारी दिए। अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनले बताए ।
संयुक्त बजार अनुगमन कार्यमा प्रशासन, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, प्रहरी ,पत्रकार, उद्योग वाणिज्य संघ लगाएको सहभागिता रहेको थियो ।