Sujang

सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्च पनि निर्वाचन खर्चमा समावेश हुने

असोज ,२४ गते –निर्वाचन आयोगले उम्मेदवारले सामाजिक सञ्जालमा गर्ने विज्ञापनको खर्च पनि निर्वाचन खर्चमा समावेश गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश गर्ने निर्णय गरेको जनाएको हो ।

‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरणसमेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइसकेको छ ।

आयोगको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रका लागि २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा २ हजार २९१ पुरुष र २३५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभातर्फ ३ हजार ४७६ जनाले उम्मेदवारी दर्ता गराउँदा ३ हजार १७८ पुरुष, २९७ जना महिला र एक जना अन्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रसार र विज्ञापन गर्न थालिसकेका बेला आयोगले यस्तो निर्णय गरेको हो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.