Sujang

पत्रकार हत्या र मिडियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै डोटीमा विरोध कार्यक्रम

Ban

चैत १६ गते, डोटी । शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले विरोध प्रदर्शन गरेका छ ।


महासंघ डोटीले घटनाको भत्र्सना गर्दै दोषीलाई कानुनि कारबाहीको माग गर्दै जिल्ला प्रसान कार्यालय अगाडी विरोध कार्यक्रम गरेको हो ।

शनिबार बिहान जिल्ला प्रसासन अगाडी देखि जिल्ला प्रहरी कार्यलय हँुदै प्रसासन अगाडी विरोध र्यालि निकालेर प्रसासन अगाडी धर्ना दिएका थिए ।

विरोध सभामा पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिने मौनधारण पनि गरिएको छ ।
पत्रकारको हत्या, दमन, सञ्चारमाध्यममाथि गरिएका आगजनी तथा तोडफोडका घटनाहरूको विरोध स्वरूप कार्यक्रमको आयोजना गरिएको पत्रका महासंघ डोटीका अध्यक्ष प्रकाश बमले वताए ।
पत्रकार रजकको हत्यामा संलग्न जो कोहीलाई छानबिन गरी हदैसम्मको कानुनी कारबाहीको अध्यक्ष बमले माग गरेका छन् । पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको भन्दै महासंघले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने उनले वताए ।

प्रेस स्वतन्त्रताको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघ डोटी सधै अगाढी वढ्ने वताए ।
विरोध कार्यक्रम पत्रकारका विभिन्न संग संगठन ,मानअधिकार कर्मि,नेपाल वार एसोसियन, जिल्ला अदालत बार एकाई लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.