Sujang

डोटीमा भालुको आक्रणबाट दम्पती गम्भीर घाइते 

Ban
चैत १२ गते, डोटी  :डोटीमा जङ्गली जनावर भालुको आक्रणबाट एक दम्पती घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका – ६ स्याडाका  ६० वर्षीय करी साउद र निजको श्रीमती ५८ वर्षीया दुर्गा साउद घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सोमबार राति घर नजिकै रहेको खेतबारीको रेखदेख गर्ने क्रममा भालुले आक्रम गरेको हो ।

घाइतेलाई मंगलबार बिहान उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि घाइते दुबै जनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको छ ।

घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको टाउको, मुख, हात तथा खुट्टामा गम्भीर चोट पुगेको छ।

डोटीमा जङ्गली जनावरको आक्रमणबाट वर्षेनी मानिसहरू घाइते हुने तथा ज्यान जाने गरेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.