Sujang

डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Ban

फागुन २ गते डोटी :डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ उजेली बस्ने ३८ वर्षीय मान बहादुर कुवर पक्राउ परेका हुन्।

घरमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक छ । भन्ने गोप्य सूचनाको प्रहरी चौकी तिलतालीका प्रहरी नायब निरीक्षक भुवन सिंह बोहराको समूहमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २:३०बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले जानकारी दिएका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.