

फागुन २५ गते डोटी :डोटीमा माटोको ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
आइतबार जिल्लाको शिखर नगरपालिका ७ बयरकोट बस्ने ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
१२ बजेको समयमा घर भन्दा १ कि.मि.टाढा रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्न गई पुरिदा उनको मृत भएको प्रहरीले जनाएको छ ।
