Sujang

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक

Ban
फागुन २४ गते ,डोटी :गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
शनिवार नेपाल प्रेस युनियन डोटीशाखाद्धारा दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका हुन् ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन नसक्ने उनले बताए । आन्दोलनबाट, क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै भएको गृहमन्त्री लेखकले बताए ।
देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्व राजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरू उपभोग गरिरहेको उनले बताए  ।
Krishi
पूर्व राजालाई शासन सत्तामा आउन मन भए पार्टी खोलेर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत गृहमन्त्री लेखकले दिएका छन् ।
लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने उनले दाबी गरे ।
फरक प्रसङ्गमा बोल्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको समझदारी अनुसार संविधान संशोधनको कार्य अगाडि बढिरहेको बताए ।
भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना कार्य तीव्र रूपमा अगाडी बढी रहेको समेत उनले बताए ।
आफूले गृह मन्त्रालय सम्हाले पछि तिन चार वटा कुरा चुनौतीका रूपमा रहेका लागु औषध, सवारी दुर्घटना ,आत्म हत्या, साइवरक्राइम रहेकाले न्यूनीकरण तर्फ सरकार लागि परेको उनले बताए ।
ट्राफिक व्यवस्थापन गर्न निक्कै जरुरी रहेको र उच्च प्राथमिकतामा राखेको उनले बताए ।
जिल्ला प्रशासनमा कर्मचारी अभाव रहेको कुरा सबै ठाउँमा उठेकाले गम्भीरताका साथ लिएको गृहमन्त्री लेखकले बताए ।
निर्मला पन्तको बारेमा थप सूक्ष्म तरीकाले छानबिन अनुसन्धान भइरहेको छ । यस्ता अपराधिक क्रियाकलाप अन्य ठाउँमा पनि भएकाले निर्मता पूर्वक छानबिन कार्य अगाडी बढाएको उनले बताए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.