

फागुन २३ गते डोटी– नेपाल प्रेस युनियन डोटी शाखाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ । ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनको शुक्रवार विधिवत् रूपमा पूजाआजा गरी गृह प्रवेश गरिएको हो।
भवन भूकम्प प्रतिरोधात्मक डिजाइनमा तयार गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीका अध्यक्ष चक्र कुँवरले बताए ।
दिपायल सिलगढी नगरपालिका– ४ पिपल्लामा एक तले सुविधा सम्पन्न भवन निर्माण गरिएको छ ।

भवनलाई विशुद्ध रूपमा पत्रकार र सञ्चार क्षेत्रसँग जोडिएर गरिने विभिन्न कार्यक्रम तथा गतिविधिका लागि उपयोग गरिने अध्यक्ष कुँवरले बताए ।

भवन निर्माणमा डोटीका स्थानीय तह, युनियनकर्मी , सञ्चारकर्मी , विभिन्न व्यक्ति लगायतले सहयोग गरेका छन्।
साढे चार आना जग्गामा शाखाको भवन निर्माण गरिएको हो।
प्रेस युनियनका निवर्तमान अध्यक्ष प्रकाश बमको कार्यकालमा जग्गा तथा जग निर्माण कार्य अगाडी बढेको भवनको निर्माण कार्य सम्पन्न पश्वात विधिवत् पूजाआजा गरेर गृह प्रवेश गरेको प्रेस युनियनका सचिव विक्रम बहादुर खड्काले बताए ।
डोटी देशभरमा दोस्रो भवन निर्माण गर्ने शाखा रहेको छ।
