


फागुन २० गते ,डोटी: डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ ।

डोटीका नौ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा जोरायल गाउँपालिकाले १७ स्वर्ण, १८ रजत र ९ कास्य गरी कुल ४४ पदक सहित प्रथम उपाधी उचालेको हो । त्यसैगरी दिपायल सिलगढी नगरपालिकाले १० स्वर्ण, ३ रजत र १२ कास्य गरी २५ पदक सहित दोस्रो स्थान ओगटेको छ भने शिखर नगरपालिकाले ७ स्वर्ण, ७ रजत र ५ कास्य सहित जम्मा १९ पदक सहित तेस्रो स्थान ओगटेको छ ।
त्यस्तै आदर्श गाउँपालिकाले ७ स्वर्ण, २ रजत र ४ कास्य गरी १३ पदक, बडिकेदार गाउँपालिकाले ४ स्वर्ण, १४ रजत र ९ कास्य गरी २७ पदक, के.आई.सिंह गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी १५ पदक हात पार्न सफल भएका छन् ।
त्यसैगरी बोगटान फुडसिल गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक, पूर्वीचौकी गाउँपालिकाले १ स्वर्ण र ४ कास्य गरी ५ पदक र सायल गाउँपालिकाले १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गर्न सफल भएका छन् ।
बडिकेदार गाउँपालिका–१, बिपिनगरस्थित केदार सूर्य बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कूल ५४ स्वर्ण, ५३ रजत र ५१ कास्य पदक रहेको जनाइएको छ।
डोटी जिल्ला खेलकुद समितिको आयोजनामा फागुन १७ देखि संचालन भएको उक्त प्रतियोगिता आज २० गते मंगलबार सम्पन्न भएको हो ।
