Sujang

कर्णाली नदीको जल सतहले पार गर्‍यो खतराको तह

असोज २४, कैलाली -कर्णाली नदीमा जल सतहले खतराको तह पार गरेर बाढी आएको छ। कर्णाली नदीमा जल सतहले खतरा तह पार गरेको र अझै थप पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २ मिटरभन्दा माथि छ । १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।

कर्णाली नदीमा पानीको सतहले यी दुवै तह पार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न  बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढी राजापुर तटीय क्षेत्रमा पस्न थालेको छ । राजापुरको दौलतपुरका केही घरमा बाढी पसेको स्थानीयले बताएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.