Sujang

भागरथी-गीता शाही स्मृति अक्षयकोष स्थापना

Ban
Krishi

फागुन १२ ,डोटी– के.आई.सिंह गाउँपालिका वडा नं. ३ स्थित वासुदेवी मा.वि.मा एक लाख बराबरको अक्षयकोष स्थापनाको घोषणा गरिएको छ ।

Posan

आफ्नी स्व. माताको स्मृतिमा के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफ्नो व्यक्तिगत रकमबाट सो अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन ।

अध्यक्ष शाहीले अक्षयकोषबाट प्राप्त हुने व्याँजकाे रकमबाट टुहुरा अनाथ एवं विपन्न परिवारका विद्यार्थीहरूका लागि छात्रवृत्ति दिने उद्देश्यले भागरथी-जानकी देवी शाही स्मृति अक्षयकोष स्थापना गरेको बताए ।
विद्यालयले शनिवार आयोजना गरेको ४९ औँ बार्षिकाेत्सवका अवसरमा अध्यक्ष शाहीले सो अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका थिए । विद्यालयका प्रधानाध्यापक नरेन्द्र बोगटीले अक्षयकोष स्थापनाले गरिब एवं विपन्न परिवारका बिधार्थीहरूकाे शिक्षामा सहयोग पुग्ने बताउँदै धन्यवाद प्रकट गरेका छन् ।

के.आई.सिंह गाउँपालिका अध्यक्ष शाहीले वडा नं. ७ स्थित भूमिराज मा.वि.मा समेत गत वर्ष भागरथी-जानकी स्मृति अक्षयकोष स्थापना गरिसकेका छन् ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.