

चक्र सिंह कठायत ,फागुन १० गते ,डोटी :सामाजिक सेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हुने जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताएका छन् ।

शनिवार ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरले शिवरात्रिको पूर्व सन्ध्यामा आयोजित महा शिवरात्रि विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सामाजिक सेवा अनवरत रूपमा लागि रहेकाहरूले धर्म खोज्न कतै जानू नपर्ने उनले बताए । जति आनन्द धर्ममा हुन्छ त्यति अरू कुनै ठाउँमा नभएको समेत सिंहले बताए ।
उनले भने ,‘धार्मिक आस्था मात्र बोक्नु हुदैन् । धार्मिक आस्था मनै देखि राख्न सके सत मार्गको बाटो अपनाउन सकिन्छ । ’
उक्त कार्यक्रममा दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिंह खड्काले नेपालीहरूबिच आपसी सद्भाव र मेलमिलापका रूपमा चाडपर्वको ठुलो महत्त्व रहेको बताए ।

ब्रह्मा कुमारी ईश्वरीय विद्यालयले दिएको ज्ञानले केही मात्रामा भए पनि समाजमा हुने हत्या ,हिंसा, कुरीति, कुलत लगायतका घटना न्यूनीकरण महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले ब्रह्मा कुमारी ईश्वरी विश्व विद्यालयले दिने ज्ञान सबैले सिक्न आवश्यक रहेको बताए ।
उनले भने,‘रीति रिवाज चाल चलन भेष भूषा जोगाउन ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको महत्त्वपूर्ण भूमिका खेलेको छ।’
सामाजिक क्षेत्रमा समेत संस्थाले गरिरहेको कार्यक्रम राम्रो रहेको बताए ।
ज्ञानको ज्योति बाल्न ब्रह्ममा कुमारी ईश्वरीय विश्वले महत्त्वपूर्ण काम गरेको दिल्पेश्वर उच्च माध्यमिक विद्यालय प्रअ दीर्घ बहादुर कठायतले बताए। अहिलेको शिक्षा सँगै बालबालिकाहरूलाई संस्कार ,संस्कृति लगायतका ज्ञान दिन आवश्यक रहेको बताए ।
ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयले समाजमा महत्त्वपूर्ण कार्य गर्दै आएको पूर्व उपमेयर प्रेम शाहले बताए ।
ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरकी प्रमुख सञ्चालिका जानकी दिदीको सभापतित्व भएको कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि ,समाज सेवी, कर्मचारी, व्यापारी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न गीतमा नृत्य समेत देखाइएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय सिलगढीकी प्रमुख सञ्चालिका पार्वती दिदी गरेकी थिइन् ।
