Sujang

डोटीमा सांस्कृतिक महोत्सव हुने

Ban

माघ ३० गते :डोटीमा फागुन ९ गतेदेखि १८ गतेसम्म सांस्कृतिक महोत्सव हुने भएको छ । ‘हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ डोटीको आयोजना गर्न लागिएको महोत्सवमा स्थानीय कला संगीतलाई प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ ।

बुधबार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गोपाल सुचिकारले महोत्सवबाट बचेको रकमले डोटीमा संगीत विद्यालय संचालन गर्ने बताएका छन् ।

महोत्सबमा राष्ट्रिय कलाकार भन्दा स्थानीय कलाकारलाई प्राथमिकता दिइने र स्थानीय रुपमा लुकेका प्रतिभाहरुको पहिचान गरी प्रचार प्रसार समेत गरिने आयोजकले बताएको छ ।

सुदुर पश्चिम् प्राज्ञा प्रतिष्ठान मुख्य प्रवद्र्धक रहने र दिपायल सिलगढी नगरपालिका,पुर्विचौकि लगायतका अन्य पालिकाबाट समेत सहयोग हुने भएकाले पालिकाहरु प्रवद्र्धकको रुपमा रहने छन् ।
महोत्सवको समयभरी सेती नदिमा ¥याफ्टीङ्ग समेत संचालन हुने बताइएको छ । महोत्सव दिपायल स्थित पुरानो दिल्पेश्वर आधारभुत विद्यालयको पाङ्गणमा संचालन हुनेछ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.