

माघ २७ गते, डोटी :डोटीमा एक घरमा आगलागी भएको छ। जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ का बाजी भुलको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आईतबार बिहान करीब ९: ३० बजेको समयमा खाना पकाउने क्रममा आगलागी हुदाँ आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी २ लाख ५ ०हजार बरारको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिनोद शर्माले बताए । आगो नियन्त्रणका लागि प्रहरी र स्थानीयले प्रयास गरिहरेका छन् ।
