

सरिता कठायत ,माघ २५ ,डोटी : डोटी जिल्लामा विपद् व्यवस्थापन गर्न समयमै जनशक्ति र स्रोतसाधनको पूर्व तयारी हुनुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा स्थानीय सरकार सरोकारवाला सबैले विपद् हुनुपुर्व नै जनशक्ति र स्रोतसाधनको पूर्व तयारी गर्दा जनधनको क्षति हुनबाट जोगिने प्रजिअ जोशीले बताएका हुन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १७ मा स्थानीय विपद् व्यवस्थापन समिति गठनको व्यवस्था रहेको र धेरै जसो स्थानीय तहले अहिलेसम्म समिति गठन नगरेको साथै विपद् व्यवस्थापनका लागि बजेट पनि छुट्याउन स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे । २०७९ कार्तिक २२ गते गएको भूकम्प बाट प्रभावित लाभग्राहीहरू को संख्यामा दिपायल सिलगढी नगरपालिकामा ५ सय ४ घरपरिवार,आदर्श गाउँपालिकामा ६८ घरपरिवार,पुर्वीचौकी गाउँपालिकामा ७ सय ५२ घरपरिवार जोरायल गाउँपालिकामा ४० घरपरिवार गरी जम्मा १३ सय ६८ लाभग्राहीहरूको सुची प्राप्त भएको र त्यस मध्य ४८ जनाको मात्रै हिजोसम्म पुर्वीचौकी गापा र जोरायल गापाबाट मात्रै सम्झौता भएको जानकारी गराए ।

सबै स्थानीय सरकारले चाडैं प्रभावित घरपरिवार सँग सम्झौता गरेर लिष्ट पठाउन समेत प्रजिअ जोशीले आग्रह गरे । जिल्लामा बाढी पहिरो,वन डढेलो तथा आगलागी र भूकम्प विपद्को जोखिम बढी रहेको छ । माघ देखि असार सम्म वन डढेलो तथा आगलागीबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्ने डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले बताए । वनमा आगो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्ने र आगो लगाएको जानकारी गराउनेलाई सम्मान गर्ने कार्यलाई अगाडि बढाउने रिजालले बताए ।
स्थानीय सरकार र सरोकारवालाहरूले समन्वय सहकार्य र निगरानी गरेर अगाडि बढ्ने सहभागीले बताए थिए । डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेर कार्यान्वयन गर्ने र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई सो कार्यलाई कार्यान्वयनमा लैजानुपर्ने भएकोले बैठकको आयोजना गरिएको समेत जानकारी गराउनु भएको थियो । बाढी पहिरो,वन डढेलो तथा आगलागी र भूकम्प विपद्को जोखिम बारे मिडियाले पनि आ- आफ्नो क्षेत्रबाट सूचना,सन्देशहरू सम्प्रेषण गर्नुपर्ने कार्यक्रममा सहभागीले बताएका थिए ।
उक्त बैठकमा प्रजिअ,जिल्ला समन्वय उप प्रमुख, गापा अध्यक्ष,दिसिनपा उप प्रमुख ,गापा उपाध्यक्ष,डिभिजन वनका प्रमुख,जिल्ला प्रहरी कार्यालयका प्रमुख सरोकारवाला निकाय,गैरसरकारी संस्था प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।
