Sujang

सुकिलिमाटि, जौमाला हुँदै टिमुर दह,नारिदाङ,जोड्ने सडकको शिलान्यास 

Ban
इन्द्र शाही ,माघ १२ गते ,डोटी : डोटीको पुर्विचौकी गाउँपालिकामा शुक्रवार  शाखा सडक शिलान्यास गरिएको छ ।
पुर्विचौकी गाउँपालिका वडा नं ७  अन्तर्गत रहेको शाखा सडक गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले शिलान्यास गरेका हुन् ।
पालिकाको वडा नम्बर ७, भित्रका, सुकिलिमाटि, जौमाला, गजडा, बगाडा, पोखरि,सलेना, हुँदै टिमुर दह,नारिदाङ, जोड्ने यस सडक निर्माणले स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउने  पुर्वीचौकी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष प्रेम खड्काले बताए।
उक्त सडक निर्माण कार्यका लागि  ३ करोड १७ लाख को लागत गरिएकोमा सडक निर्माण कार्य १ करोड ६ लाख ९ हजार ३५५ रुपैयाँमा सम्झौता भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले बताए।
उत्त योजनामा ५०प्रतिशत  पुर्विचौकि गाउँपालिका बाट र ५० प्रतिशत  रकम राष्ट्रिय योजना आयोगको सहयोगबाट व्यवस्थापन हुने प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।
निर्माण कार्य २४ महिनामा भित्रमा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी, गोरखनाथ , भीम,  न्यु नेपाल सँग सम्झौता भएकाले  निर्माण समयमै  सम्पन्न गराउन पालिकाबाट  निरन्तर कार्य हुने पालिकाका इन्जिनियर राम बहादुर  कार्कीले बताए ।
१२ किलोमिटर सडक निर्माण कार्य गरिने जनाएको छ।
यस सडकले ग्रामीण विकासमा ठुलो योगदान पु¥याउने विश्वास स्थानीय जनप्रतिनिधिहरूले लिएका छन् ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.