

एकेन्द्र चन्द,माघ ११, डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ केदारअखडाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमलाई मध्य नजर गर्दै जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो ।


वडा नम्बर -२ का ६६ जना जेष्ठ नागरिक महिला र पुरुष लाई केही हदसम्म चिसो बाट बच्न र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई एक एक थान कम्बल बितरण गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष भरत बमले बताए ।
न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ ।
