Sujang

डोटीको आदर्शमा बजार अनुगमन : २६ हजार बराबरको खाद्य सामग्री नष्ट

Ban
सरिता कठायत,माघ ८ डोटी: डोटीको आदर्श गाउँपालिका वडा नम्बर २,३,४ र ५ मा गरेको संयुक्त बजार अनुगमनबाट २६ हजार बराबरको म्याद गुज्रेका खाद्य सामाग्रीहरू बरामद गरी नष्ट गरिएको छ ।
आदर्श गाउँपालिका, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायले मङ्गलवार संयुक्त रूपमा गरेको बजार अनुगमनका क्रममा भेटिएको म्याद गुज्रेको खाद्य सामाग्रीहरू नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी,  नियम बिवरीत मूल्य, म्यान नाघेका चिज बस्तुहरूको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताइन् । उनले भनिन अनुगमन कार्य नियमित रूपमा सञ्चालन गर्दा कालोबजारी नियन्त्रण हुने बताइन् ।
बजार अनुगमनका क्रममा खाद्य पर्दाथ सुजी, मसालाहरू, बिस्कुटहरू, जुसहरू, पाउडरहरू, मिठाई बढी मात्रामा म्याद गुज्रेका भेटिने गरेको समेत बताइन् ।
 ग्रामीण क्षेत्रमा कालोबजारीको रूपमा कुनै पनि व्यापारीले नियमन विपरीत म्याद गुज्रेका सामाग्रीहरू बिक्री वितरण गर्न नपाउने जिल्ला प्रशासन कार्यालय डोटीका प्रतिनिधि सुरेन्द्र प्रसाद जोशीले बताए । ग्रामीण क्षेत्रका पसलहरूमा म्याद गुज्रेका सामाग्रीहरू हुनुका साथै मूल्य सूचि पनि नराखिएको बताए ।
संयुक्त अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको,  व्यवसायको नाम,मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको समेत जोशीले बताए ।
विभिन्न वडामा गरिएको संयुक्त बजार अनुगमन कार्यमा स्थानीय तह, प्रहरी, प्रशासन, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, पत्रकार, उद्योग वाणिज्य सङ्घ, लगाएको सहभागिता रहेको थियो ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.