Sujang

सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक सम्पन्न

माघ ६ गते ,डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक सम्पन्न भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा बैठक सम्पन्न भएको हो ।

बैठकमा सहभागी अधिकांश सूचना अधिकारीहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सूचनाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा दिन मिल्ने सूचना कुनै कन्जुस्याइँ नगरी दिने सहभागीहरूले बैठकमा बताएका थिए ।

विगतमा लिखित र मौखिक सूचना माग नहुने गरेकाले प्रक्रिया पुर्‍याउने गरेको दिपायल सिलगढी नगर पालिकाका सूचना अधिकारी डिल बहादुर महराले बताए ।
आगामी दिनमा सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना प्रकाशन तथा उपलब्ध गराउने उनले बताए ।

उक्त बैठकमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले प्रशासनले थालनी गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक महत्त्वपूर्ण रहेको बताए । विगतमा सञ्चारकर्मीले सूचना माग गर्दा महिनौँ दिन कुर्नुपर्ने बाध्यता यस्ता बैठकले केही मात्रामा भए पनि समाधान हुने बताए ।  सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठकमा जिल्ला स्थित कार्यालयका सूचना अधिकार मात्र नभएर सबै स्थानीय तहका सूचना अधिकारीको उपस्थिति भए बैठक अझै प्रभावकारी हुने अध्यक्ष बमले बताए ।
जिल्ला स्थिति कार्यालयका सूचना,विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्नेमा समेत बमले जोड दिए ।

बैठकमा बोल्दै विम्ब साप्ताहिकका सम्पादक रामहरि ओझाले सूचना अधिकारी  सरुवा भएको महिना दिँदा हुँदा समेत केही कार्यालयमा उही नाम राख्ने गरेको बताए । कार्यालयका वेभ साइडमा सूचना अपडेटमा ढिलासुस्ती हुने गरेको समेत उनले बताए ।

त्यस्तै पत्रकार गणेश मौनीले सूचना दिँदा कार्यालयले सत्य तथ्य दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सबै सार्वजनिक निकायका वेबसाइटहरू अद्यावधिक गरी नियमित रूपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक गर्न सूचना अधिकारीहरूलाई निर्देशन दिए ।

बैठक औपचारिकता पुरा गर्नका लागि मात्रै नभएर  बैठकमा भएका निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याउन उनले जोड दिए।

सूचना अधिकारीहरूले गरेको अद्यावधिक विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत निर्देशन दिए ।

तेस्रो पटक पटक बैठक बसिसकेको बताउँदै आगामी बैठकमा भएका निर्णयको कुनै बहानामा कार्यान्वयन नभएको पाइएमा छुट नहुने बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.