Sujang

अभिमुखीकरण कार्यक्रम सम्पन्न

Ban

माघ ४ गते ,डोटी : जिल्ला स्तरीय परियोजना अभिमुखीकरण कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ । शुक्रवार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल )को आयोजनामा अभिमुखी करण कार्यक्रमको आयोजना गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले शिक्षामा सबैलाई जोड्नु पर्ने बताए । समाज निर्माण गर्नको लागी शिक्षा अति आवश्यक रहेको सिंहले बताए । शिक्षा सम्बन्धी कार्य गरिरहेका संघ संस्थाले समन्वय सहकार्यको पाटोलाई अगाडि बढाएर  शिक्षा क्षेत्रमा विशेष जोड दिनुपर्ने उनले बताए ।

Krishi

शिक्षाका लागि राष्ट्रिय अभियान संस्थाको स्थानीय साझेदार संस्था सामुदायिक विकास केन्द्र डोटी एक्सिस परियोजना कार्यक्रम के.आई.सिंह गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र वडिकेदार गाउँपालिकामा लागु गरिएको जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।

पिपुल ईन नीड नेपाल, नेपाल राष्ट्रिय अपाङ्ग महिला सङ्घ, अकाउन्टेबिलिटी ल्याब नेपालको संयुक्त साझेदारीमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तीन पालिमा तीन वर्ष सम्म सञ्चालन हुने परियोजनाले शिक्षा सम्बन्धी वकालत गर्ने ,शिक्षा सम्बन्धी नीति बनाउन सहयोग गर्ने , विद्यालय बाहिर रहेका बाल बालिकाको सहभागितामा जोड दिने, सिकाई आदानप्रदान लगायतका कार्य गर्ने बमले बताइन् ।

अभिमुखी करण कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम ,गैसस महासंघका जिल्ला सचिव भक्तराज उपाध्याय, सामुदायिक विकास मञ्चका सचिव सिद्ध राज जोशी, दलित महिला संघ फेडाेका जिल्ला संयोजक शंकर विक लगायतको उपस्थिति रहेको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल )का जिल्ला संयोजक तीर्थ पन्तको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.