Sujang

नव बिहानी सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

पुस २८,डोटी:डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको नव बिहानी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्य मन्त्री प्रकाश बमले नवबिहानी सहकारी संस्थाले निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे ।

जिल्लाको नमुना सहकारीको रूपमा रहेको बताउँदै  सहकारी संस्थाले बचतका साथै आर्य आर्जनलाई कृषि उत्पादन सँग जोड्नु पर्ने, कृषकहरूले उत्पादन गरेका कृर्षि उपजहरू बजार सँग जोड्न पहल गर्नुपर्ने कुरामा जोड समेत दिएका थिए ।
कार्यक्रममा अवधिमा सुनिएका समस्यालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

नवबिहानी सहकारीले गरिबको रेखामुनि रहेका जनतालाई कसरी माथि उकास्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकोले आगामी दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने  दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए ।

सहकारी संस्था मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय स्तरमा स्वरोजगार सृजना गर्न सहयोग पुग्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख  खड्काले बताए । गाउँघरमा रहेको सहकारीमा सबैले बचत गर्ने बानिको विकास गर्न समेत आवश्यक रहेको बताए ।

सहकारी संस्थाले गर्दा स्थानीय स्तरमा रहेको श्रोत साधना बाहिर जानबाट बच्नुका साथै स्थानीयहरूलाई गाह्रो अप्ठ्यारोमा सहजता हुने गरेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।

उनले भने पहिले हाम्रा पुर्खाहरू आफूसँग भएको रुपियाँ पैसा घरमा, लुगा कपडामा राख्ने गर्थे त्यो त्यति सुरक्षित हुने थिएन चोरी हुने हराउने हुन्थ्यो भने अब तपाईँहरूको घर आगमनै रहेको सहकारीमा जम्मा गर्दा पैसा सुरक्षित रहनुका साथै दुई पैसा ब्याज आउने भएकोले फाइँदै फाइदा रहेको बताए ।

स्थानीय स्तरमा भएको श्रोत साधनको सही सदुपयोग गर्न युवाहरू जागरूक हुन आवश्यक रहेको केआईसिंह  गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।

सभालाई सम्बोधन गर्दै शाहीले सहकारी संस्था मार्फत स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा गाउँघरमा स्वरोजगारका बाटाहरू खुल्ने समेत बताए । नव बिहानी बचत तथा ऋण सहकारी संस्था डोटी जिल्लाको नमुना सहकारीको रूपमा रहेको प्रशंसा समेत गरेका थिए ।

नवबिहानी सहकारी संस्थाले स्थापना गरेको सहकारी जिल्लाको नमुना सहकारीको रूपमा स्थापित भएकोले अरू सहकारीले पनि सिको गर्नुपर्ने शिखर नगरपालिका उप प्रमुख सुनिता रावल जोराले बताइन् ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका – २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जिल्लाको नमुना सहकारीको रूपमा स्थापित भई स्थानीय बासीका साना तिना समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका निबार्ह गर्दै आइरहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले सहकारी संस्था प्रति विश्वास घटी रहेको बेला नव जीवन सहकारी संस्थाले सबैको मन जित्दै अगाडी बढेको देख्दा राम्रो सन्देश दिएको बताए ।

केही व्यक्तिले झोलामा सहकारी संस्था चलाइरहेका बेला यसरी सार्वजनिक रूपमा साधारण सभा कार्यक्रम गर्नु संस्था प्रतिको पारदर्शिताको चित्रण गरेको बताए ।
जिल्ला संचालनामा रहेका सहकारी संस्था सहकारीको मूल मर्म अनुसार चलेको छ या छैन अनुगमन र नियमन गर्न आवश्यक रहेको अध्यक्ष बमले बताए ।

कार्यक्रम बोल्दै के आई सीँ गाउँपालिका -७  पूर्व वडा अध्यक्ष तथा सो विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क विष्टले नव बिहानी सहकारी जस्तै अन्य सहकारीले कार्य गर्न आवश्यक रहेको बताए । विष्टले पालिकाको समस्याहरूलाई सम्बोधन गर्न भन्दै राज्य मन्त्री बमलाई ज्ञापन पत्रसमेत बुझाएका थिए ।

कार्यक्रमका सभाध्यक्ष समेत रहेका नव बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजुर्न बहादुर बलायरले सबैको साझा प्रयास मीहनत र सहयोगले गर्दा जिल्लाको नमुना सहकारी हुन सफल भएको बताए । उनले भने सहकारी स्थापना गर्नु भन्दा यसलाई दिगो रूपमा व्यवस्थापन गदै जोगायर जानु महत्त्वपूर्ण रहेको बताए । नवबिहानी तपाईँहरूकै सहकारी हो तपाईँहरू आउनुहोस् के गरौँ कसरी अगाडी जाऊँ के गर्दैछ भनेर सबैले चासो चिन्ता दिन आवश्यक रहेको समेत अध्यक्ष बलायरले बताए ।

अध्यक्ष बलायरले सहकारीले आयोजना गरेको वार्षिक साधारण सभा कार्यक्रम र सहकारीका विभिन्न कार्यक्रममा सहयोग गरेको भन्दै प्रमुख अतिथि ,जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडा सदस्य नागरिक समाज, पत्रकार, शिक्षक बुद्धिजीवी स्थानीयहरूलाई धन्यवाद दिएका थिए ।

आज भन्दा १३ वर्ष पहिले २९ जना शेयर सदस्यसहित १ लाख ४५ हजार लगानीमा सुरुवात गरेको सहकारी संस्थामा हाल ८सय ९६ जना शेयर सदस्यहरू रहेको नवबिहानी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लोक बहादुर बलायरले बताए । के आइ सिंह गाउँपालिका वडा नम्बर ६ र ७ का अधिकांश सबै शेयर सदस्य रहेको सहकारीले प्रभु रेमिट्रान्स र आफ्नै गाउँघरमा व्यवसाय गर्नेलाई सहुलेत दरमा ऋण दिने गरेको समेत बताए । सहकारी संस्थाको कुल कारोबार पुजी २ करोड ६८ लाख ५० हजार ७ सय उनान्नब्बे रुपैयाँ रहेको समेत बलायरले बताए ।
भूमिराज माबीमा आयोजना गरेको वार्षिक साधारण सभा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज,राजनीतिक दल, पत्रकार र स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सुदूरपश्चिमका ठाडी भाका र देउडा गीतकी चर्चित गायिका डिक्रादेवी बादी ,गायक हरीसुधामा जैसी, शेर साउद, राम रावल र स्थानीय कलाकारहरूले आफ्ना प्रस्तुति राखेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.