Sujang

‘पद्म पब्लिक प्रिमियिर कप–२’ माघ १६ गते देखि हुने

पुस २४, डोटी :डोटीमा पहिलोपटक ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ ।

सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आगामी माघ १६ गतेदेखि २० गतेसम्म ‘पद्म पब्लिक प्रिमियिर कप–२’ प्रतियोगिता गर्न लागेको  बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रतियोगितामा प्रथम पुरुस्कार राशी नगद रु.५५ हजार ५ सय ५५ र ट्रफी, द्वितिय पुरुस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतिय पुरुस्कार रु. ११ हजार १ सय ११ सहित सबैलाई प्रमाण–पत्र रहेको जनाईएको छ ।

त्यसैगरी अन्य विभिन्न उत्कृष्ट खेलाडीलाई नगद पुरुस्कार र कपहरु तथा प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ पुरुस्कार पनि प्रदान गरिने बताईएको छ ।

प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालयले कक्षा १२ सम्मका EMIS मा समावेश गरिएका विद्यार्थी खेलाडीहरु मात्रै सहभागि गराउन पाइने सो विद्यालयका सहायक प्रधानाध्यापक एवं खेल संयोजक हिक्मत शाहीले जानकारी दिए ।

टि–२० र्फम्याटमा नकआउट चरणमा आयोजना हुने प्रतियोगिता सिलगढीको टुँडिखेलमा सञ्चालन हुनेछ ।

आयोजक विद्यालयबाट क्रिकेट प्रतियोगितामा नमूना विद्यालय कार्यक्रम अन्तरगतको रु. ३ लाख, मूख्य प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बाट रु. १ लाख र प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ९ बाट रु. ४० हजार खर्च गरिने विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए । पुस २४ गतेदेखि आगामी माघ १० गतेभित्र टिम दर्ता गर्न सकिने पनि प्रअ ओझाले बताए ।

क्रिकेटले प्रतियोगिताले जिल्लाका सम्भावित खेलाडीहरुलाई  पहिचान गर्न सहयोग पुग्ने दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।

क्रिकेट खेलमा सबै स्थानीय तह र वडाहरुले विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त विद्यालय देशभरका ४२२ नमूना विद्यालयभित्रको विद्यालय हो । यद्यपी ‘नमूना विद्यालय कार्यक्रम’ हाललाई फेज आउट भए पनि ‘विज्ञान सबलीकरण’ कार्यक्रम अन्तरगत देशभरका ११७ विद्यालयभित्र फेरी प.प. मा.वि. छनौटमा परेको र उक्त कार्यक्रम २०८१ देखि २०८५ सम्म लागु हुने जनाइएको छ ।

गत वर्ष प.प.मा.वि.ले दिपायल सिलगढी नगरपालिका स्तरीय ‘पद्म पब्लिक प्रिमियिर कप’को आयोजना गरेको थियो ।

क्रिकेट प्रतियोगितामा डोटीबाट एनपिएलमा सहभागिता जनाएका क्रिकेट खेलाडीहरुलाई समेत बोलाउने तयारी रहेको आयोजकले जनाएको छ।


पहिलोपटक पटक अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेकाले खेललाई सफल वनाउन सबैको सहयोगको अपेक्षा गरेको प्रअ ओझाले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.