Sujang

डोटीमा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

पुस २० गते डोटी :डाेटीकाे सायल गाउँपालिका वडा नम्बर ६, दल्लेखका भिम नेपालीकाे श्रीमती बर्ष २२/२३ काे शान्ति नेपालीकाे शनिबार बेलुका ४ बजेतिर शंकास्पद मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतक नेपालीकाे माईतीघर के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ बस्ने उनका काका लाले नेपालीले प्रहरी चाैकी, वायलमा जानकारी गराउँदा मृतकका श्रीमान् भिम नेपाली प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन् ।

घटनाकाे थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक भट्टराईकाे नेतृत्वमा टाेली खटिएको जनाइएकाे छ ।

मृतककाे लाश पाेष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएकाे बताइएकाे छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.