जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार आगलागीबाट घरभित्रका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको उनले बताए ।
शनिबार आगलागी भएको घरमा पुगेर तत्काल पाल,खाध्यन्न सामग्री वितरण गरेको उक्त वडाका वडा अध्यक्ष भरत बमले बताए ।
पालिकाको विपत कोषबाट पनि उहाँलाई सहयोग गर्ने कुरा अगाडी वढेकाे अध्यक्ष बमले बताए ।