पुस १९ गते ,डोटी: डोटीको शिखर नगरपालिका भित्रका आरन ब्यवसायीहरुलाई आधुनिक औजार वितरण गरिएको छ ।
मुक्त हलिया ,दलित सिएसोहरु र उनीहरूका सञ्जालहरूको सामाजिक, आर्थिक र जलवायु न्याय प्रवर्द्धनका लागि जिम्मेवार निकायहरू सँगको सहकार्यलाई सुदृढ बनाउने सक्षम परियोजना अन्तर्गत शिखर नगर पालिकाका ११ वडाका ३२ जना आरन ब्यवसायिहरुलाइ आरन ब्यवसायकालागी आधुनिक उपकरण औजार मसिन हस्तान्तरण गरिएको हो।
इभान्जेलिकल लुथरन चर्च इन अमेरिका (इ.इल. सि.ए.) को आर्थिक सहयोगमा लुथरन वल्ड फेडरेसन (एल.डब्लु.एफ.) नेपाल र सामुदायिक विकास केन्द्र (सि.डी.सि.) डोटी को संयुक्त साझेदारितामा शिखर नगर पालिकामा सञ्चालित मुक्त हलिया दलित सक्षम परियोजना अन्तर्गत सामग्री वितरण गरिएको बताएको छ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर, नगर उप प्रमुख सुनिता रावल जोरा, शिखर ६ का वडा अध्यक्ष धिर्क बहादुर सिंह, शिखर २ का वडा अध्यक्ष गणेश बोगटी, कार्यपालिका सदस्य राम बहादुर लुहार, शिखर नगरपालिका स्तरीय मुक्त हलिया सञ्जालका अध्यक्ष राम बहादुर दमाई, सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेका हुन् ।
आरन पंखा, घन, हतौडा, खाग्सी, स्वाग, पित्तल पाता, ग्लिन्डर मसिन, लुवा प्वाल पार्ने मसिन, सनेसा, रेति, कठरेती, हाते आरी, घिस्ने पाता, आरीमा लगाउने रेत, फलाम काट्ने पाता, फलाम काट्ने कैँची, पलाश, वेल्डिङ मसिन लगायत डे बुक गरी करिब ३० हजार भन्दा बढीको सामान प्रति व्यक्तिलाई सहयोग गरिएको र शिखर नगरपालिका सँगको समन्वयमा सहयोग गरिएको सिडिसि डोटीका कार्यकारी निर्देशक जोशीले बताए ।
शिखर नगरपालिकामा मुक्त हलियाका ७ जना बालबालिकालाई प्राविधिक शिक्षाका लागि, उद्यमशीलता, आय अर्जनमा सहयोग गरेको उनले बताए ।
शिखर नगर पालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले संस्थालाई धन्यवाद दिँदै समन्वयमा हस्तान्तरण गर्ने कार्य भएको र आगामी दिनमा पालिकाले गर्ने सहयोगमा तयार रहेकाले उद्यमशील व्यवसायगरि आय वृद्धि गर्नु पर्नेमा जोड दिए ।
नगर उप प्रमुख सुनिता रावलले संस्थालाई धन्यवाद दिँदै समन्वयमा यो काम भएको र आगामी दिनमा पनि निरन्तरताका लागि अनुरोध गर्दै हस्तान्तरण गरिएको सामग्रीको सदुपयोग गर्न अनुरोध गरिन् ।
आधुनिक उपकरण पाए पश्चात् उद्यमीहरू खुसी भएका छन् ।