पुस १९ गते ,डोटी : शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल नारा बोकेर अगाडि बढेको धनगढी स्थित शिव नगरमा रहेको मर्यादित शैक्षिक संस्था चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शैक्षिक जागरणको अभियान सुरु गरेको छ ।
दूर दराजका स्थानमा आधारभूत आवश्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेर पनि अगाडि बढ्न नसेकेका गाउँ ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा थालनी चैतन्य पाठशाला / चैतन्य एकेडेमीले गर्दै आएको छ ।
विगतका बर्सझैँ यस वर्ष पनि सहयोगार्थ स्वरूप यही पुस १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १२० थान न्यानो लुगा वितरण गरेको छ।
यसै गरी डोटीको दर्जा कोट मा.वि धिर्कामाण्डौँ, विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।
त्यस्तै बोगटान फुडसिल गा.पा. -१ सिमचौर स्थित सिमचौर मा.वि. का विद्यार्थीहरूलाई १८६ थान न्यानो लुगा विवरण गरी उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
शिक्षासँगै संस्कार पनि आजको समाजको आवश्यकता हो र विद्यालय प्रशासन, अभिभावक , नागरिक समाज, स्थानीय सरकार शिक्षक र विद्यार्थीसँगको साझेदारीले शैक्षिक क्षेत्रमा नवपर्वतन ल्याउले जोशीले बताए ।
चैतन्यको शैक्षिक जागरण अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरि र चैतन्य पाठशालामा ब्राण्ड एम्बास्टरको रूपमा कार्यरत साइकल यात्री भरत विक्रम शाहको वितरण कार्यक्रममा उपस्थिति रहेको थियो ।
चैतन्यको शैक्षिक जागरणबाट सहयोग तथा प्रेरणा मिलेको दर्जा कोट माविका प्रअ हर्क बोहराले बताए ।
यस्ता खालका कार्यक्रमबाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूले बताएका थिए ।